तीन मुक्तक

ढल्दैनन् मेरा आशा यहाँ जति आँधी हुरी चलोस्,
गल्दैनन् मेरा लक्ष्य यात्रामा बारबार मुटू जलोस् ।
आफू जलेर भएपनि धरतीमा उज्यालो दिनु पर्छ,
त्यसैले त जीवितछु रहन्छु भाग्यले जति छलोस् ।। 
अलि अलि गर्दा गर्दै मलाई पिउने बानी लाग्यो,
सारा पीडा सफा भयो मधु प्याला पानी लाग्यो ।
एकै प्याला पिउँदापनि मनको पीडा हल्का हुने,
सोमरसको साथी बने गजब जिन्दगानी लाग्यो ।।

मायामा बहाना जन्मिन्छ जब मनले अन्तै छलाङ्ग मार्छ,
पानी माथिको ओवानो बन्ने आशाले मान्छे स्वाङ्ग पार्छ ।
जिन्दगी बाँच्ने होडमा यहाँ जतिनै बाजी मुठ्ठी पारे पनि,
आफ्नै धरातल भूल्नेलाई एक दिन नियतीले तल झार्छ ।।

0 comments

Post a Comment