गीत– मेरो जीत

दुख्यो यो जिन्दगी यहाँ कति कति,
आशा पिलाई रहे दुख्छ जति जति ।

नशालु नयनहरु रेट्दै भागे मलाई,
प्रेमी बनेर कतिले आएगए जलाई ।
निर्धा आफै बनेर सहेँ पचाएँ मैले,
केहीगर्छु सोँची ज्यान बचाएँ मैले ।

कसैको छैन भर दुनियाँ छ जाली,
बन्दैछन् भमरा हिजो आज माली ।
देखिन्छ अनेकौ बाँच्न सक्यो भने,
बाँच्न चाहे मैले पीडा सहज बने ।।

0 comments

Post a Comment