गजल
कोही थियो मुस्कान बाँड्ने मैले हाँस्न जानेको’थे,
मलाई लाग्थ्यो सधैं प्यारो मेरै धड्कन मानेको’थे ।
आहा कति सुन्दर थियो कल्पनाको आफ्नो संसार,
मनको लड्डु क्वाप्प खाँदै जिन्दगीलाई धानेको’थे ।
आफै माथि घमण्ड’थ्यो आफ्नै मीठा कर्तुत माथि,
नहोस् पनि कसरी हाउ लाखौ लाखमा छानेको’थे ।
दोबाटोमा छाडिन् र पो बल्ल तल्ल आँखा खुल्यो,
उर्खमाउलो भयो आफ्नै खुट्टा बन्चरोले हानेको’थे ।।

0 comments