मान्छे हेला भयो
साँचो कुरा गर्दा पनि तिम्लाई रेला भयो,
तिमी भन्दा मरि मेट्ने मान्छे हेला भयो ।
बिस्कुन हाले सपनाको खुशीदिन्छौ भन्दै,
टाढै भयो खुशी मिल्नु ज्यानैगयो झण्डै ।
सकेसम्म खेल्यौ तिम्ले माया खेला भयो,
तिमी भन्दा मरि मेट्ने मान्छे हेला भयो ।
शिखर पुग्छु भन्दाभन्दै पाईला बेशी झरे,
मनको रहर अधुरो भो विश्वास पनि मरे ।
तिम्रै कारण पिरतीमा यस्तो झेला भयो,
तिमी भन्दा मरि मेट्ने मान्छे हेला भयो ।।
तिमी भन्दा मरि मेट्ने मान्छे हेला भयो ।
बिस्कुन हाले सपनाको खुशीदिन्छौ भन्दै,
टाढै भयो खुशी मिल्नु ज्यानैगयो झण्डै ।
सकेसम्म खेल्यौ तिम्ले माया खेला भयो,
तिमी भन्दा मरि मेट्ने मान्छे हेला भयो ।
शिखर पुग्छु भन्दाभन्दै पाईला बेशी झरे,
मनको रहर अधुरो भो विश्वास पनि मरे ।
तिम्रै कारण पिरतीमा यस्तो झेला भयो,
तिमी भन्दा मरि मेट्ने मान्छे हेला भयो ।।

0 comments