तीन मुक्तक

अझै आशा जीवितैछन् मलाई बाँच्नु पुग्ने,
थुप्रै खाली आगनीछन् मलाई नाच्न पुग्ने ।
एकै धर्सो यो जिन्दगी हाँस्दै बाँच्छु म त,
खुशीयाली मौलाउँदोछ मलाई हाँस्न पुग्ने ।।

पुगिन्छ पुगिन्न हतारको यात्रा भन्न सकिन्न,
धर्तीमा बसेर आकाशको तारा गन्न सकिन्न ।
चाहना फरक हुनु–ले सायद नजर फरक बन्छ,
चाहेर पनि मान्छे सबैको प्यारा बन्न सकिन्न ।।

लक्ष्य थियो एउटै मेरो जिन्दगी तिमीसँगै बिताउने,
तिम्रै साथको आडमा रहि बाजी आफूलाई जिताउने ।
सायद गल्ति मेरै थियोकि मनको लड्डु खाँदै बस्नु,
यो स्वार्थी दुनियाँमा मिल्दैन अरुको भलो चिताउने ।।

0 comments

Post a Comment