गजल
मुठ्ठी फूकाई पेटै काटि दिने दानी बन्नु,
यो बस्तिमा ममताको तिमी खानी बन्नु ।
धरती अचेल रंङ्गहिन छ घमण्डले बल्दा,
घमण्डलाई साम्य पार्न तिम्ले पानी बन्नु ।
यहाँ कैयौ नजरहरु संसार उजाड देख्छन्,
त्यो नयनको सधैं बहार देख्ने नानी बन्नु ।
पुस्तौपुस्ता बाँचिरहोस् तिम्रो दिव्य दर्शन्,
लाखौ युगले सम्मानगर्ने भाग्यमानी बन्नु ।

0 comments