मन्जुरी हो दैवको

पिरतीको लडाईमा तिम्ले जित्नु मैले हार्नु,
मन्जुरी हो दैवको’नै बेग्ला-बेग्लै यात्रा पार्नु ।

रहर हैन बाध्यता पाईला अन्तै मोड्नु पर्ने,
लेखान्तमा यहि रै’छ दोबाटोमा छोड्नु पर्ने ।
बाचा कसम तोडेर दिलको डेरा अन्तै सार्नु,
मन्जुरी हो दैवको’नै बेग्ला बेग्लै यात्रा पार्नु ।

यहि एउटै बहाना छ टुक्रा टुक्रा मुटू जोड्ने,
तिम्रो खुशी हेर्नलाई बाँच्नु पर्दा आयु गोड्ने ।
टुक्रिएको मुटू मिच्दै दैनिकी भो आँसु झार्नु,
मन्जुरी हो दैवको’नै बेग्ला बेग्लै यात्रा पार्नु ।।

0 comments

Post a Comment