तीन मुक्तक

आज फेरि सपनीमा आयौ तिमी भेट्न,
थोरै बाँकी खुशीलाई खोज्यौ किन रेट्न ।
खुशी फूलाई धरतीमा केहि गरौ लाग्यो,
त्यसैले त अतितलाई चाहान्छु म मेट्न ।।

धर्मनै फेसन भएको बेला कर्मको के कुरा गर्छौ,
अरुको छाती टेक्छन् यहाँ मर्मको के कुरा गर्छौ ।
दिनानुदिन नाङ्गिदैछ यो धरती ढुङ्गेयुग आयो,
दुई ईन्ची लगाउँछ मान्छे शर्मको के कुरा गर्छौ ।।

यो धर्तीको केहि मान्छेहरु स्वघोषित भगवान बन्छन्,
आफूमात्र पो राम्रो र धर्मी पराया नराम्रो पापी भन्छन् ।
मन नपर्ने मान्छेको श्वास पनि दुर्गन्धित हुन्छ भन्दै,
तिलको पहाड बनाई पराईको अनाहक खोईरो खन्छन् ।।

0 comments

Post a Comment