सपना भर्छन्

आशा दुख्दा यो मुटूमा सारा खुशी ऐठान पर्छन्,
नयन भने हर मोडमा मीठा मीठा सपना भर्छन् ।

तिम्रो यादमा रोए भने तिम्लाई पाप लाग्ने होला,
त्यहि यादलाई मेटाउ भने मेरो प्राण भाग्ने होला ।
हिजो आज मेरा मनले दोधार बोकि कुरा गर्छन्,
नयन भने हर मोडमा मीठा मीठा सपना भर्छन् ।

हतारसँग यात्रा थाल्दा फरक धारमा बग्नु पर्यो
एउटै मुटू दुईटा बनाई जिन्दगी-ले यो के गर्यो । 
यस्तैयस्तै के के सोच्दै जिउने रहर आफै मर्छन्,
नयन भने हर मोडमा मीठा मीठा सपना भर्छन् ।।

0 comments

Post a Comment