हाँसी हाँसी मलाई तिम्ले जलाएर गयौ,
समाज भरि मेरै बदनाम चलाएर गयौ ।
दिलमा राखी पूजा गरे तिम्रै भत्त बनि,
त्यहि दिलमै नासो पीडा फलाएर गयौ ।
बिश्वास गरे तिमीबाट झेल हुन्न भन्ने,
झेल हाली जिवित आशा ठलाएर गयौ ।
चाह थियो तिमीसँगै शिखरसम्म पुग्ने,
सुन्दर सपना सारा चाहा गलाएर गयौ ।।
0 comments