तीन मुक्तक
थाहा छ यो संसार जाली छ,
गलतको पछि यहाँ ताली छ ।
भत्कायौ जलायौ मेरो संसार,
अझै बाँकी ओतिने पाली छ ।।
हतारको निर्णय फुर्सदमा दुख्न सक्छ,
स्वाभिमानी यो शीरपनि झुक्न सक्छ ।
दुख्ने र झुक्नेसम्म पचाउन नसकेमा,
तुफान जिन्दगीको गाडी रुक्न सक्छ ।।
तिमी भए यो यात्रामा ढुङ्गा पनि सुन हुन्थ्यो,
चाँदनी त्यो तिम्रो मुहार अधेँरीमा जून हुन्थ्यो ।
जति सुन्यो सुनौलाग्ने मधुर तिम्रो बोली यहाँ,
मन मस्तिष्कमा उर्जा थप्ने मीठो धून हुन्थ्यो ।।

0 comments