गीत– खुशी लुक्दा ।
चोईटिएका सपना ब्युझि गोधुलीमा दुख्दा
आफ्नै रहर बोझ भयो सारा खुशी लुक्दा ।
बिना शर्त बस्नदियौ तिम्रो दिलमा धाउँदा,
देउराली साँक्षी थियो हाम्ले माया लाउँदा ।
आधी बाटो हिडे पछि तिम्रो बचन चुक्दा,
आफ्नै रहर बोझ भयो सारा खुशी लुक्दा ।
आँखाभरि स्वार्थ बोकि यता नाता जोड्यौ,
रोप्यौ आफै त्यो पिरती आफैले’नै तोड्यौ ।
सारा सपना थाँती बसी मेरो नजर झुक्दा,
आफ्नै रहर बोझ भयो सारा खुशी लुक्दा ।।
३ नोभेम्बर २०१२
दोहा, कतार ।
आफ्नै रहर बोझ भयो सारा खुशी लुक्दा ।
बिना शर्त बस्नदियौ तिम्रो दिलमा धाउँदा,
देउराली साँक्षी थियो हाम्ले माया लाउँदा ।
आधी बाटो हिडे पछि तिम्रो बचन चुक्दा,
आफ्नै रहर बोझ भयो सारा खुशी लुक्दा ।
आँखाभरि स्वार्थ बोकि यता नाता जोड्यौ,
रोप्यौ आफै त्यो पिरती आफैले’नै तोड्यौ ।
सारा सपना थाँती बसी मेरो नजर झुक्दा,
आफ्नै रहर बोझ भयो सारा खुशी लुक्दा ।।
३ नोभेम्बर २०१२
दोहा, कतार ।
0 comments