तीन मुक्तक
कहिले घाम कहिले पानी हुन्छ जिन्दगीमा,
हर मौसम पच्नेले शिखर छुन्छ जिन्दगीमा ।
एकै मौसमको आशाराखी धर्तीमा बाँच्नेहरु,
काकाकुल झै प्यासी बनि रुन्छ जिन्दगीमा ।।१।।
कहिले पूर्व कहिले पश्चिम यस्तै छ जिन्दगानी,
शिखर पुग्छु भन्दै कम्बर कस्दै छ जिन्दगानी ।
पाउँनु अनि गुमाउँनुको मलाई लेखाजोखा छैन,
त्यसैकारण हर मौसममा मस्तै छ जिन्दगानी ।।२।।
सधैभरि नबिजाउँने आँखाको नानी बन्दैन मान्छे,
भाषण छाँटे पनि भागै काटी दानी बन्दैन मान्छे ।
मैलेनै जित्नु पर्छ भन्छ यो धर्तीका पशु मान्छेहरु,
त्यसैले त आगो देखे कहिल्यै पानी बन्दैन मान्छे ।।३।।

0 comments