गजल
मात्तिएको खै किन यो मेरो रात अचेल,
निदरी’नि सुन्दैन है मनको बात अचेल ।
छाडि हिँडे दोबाटोमा साथी बन्छु भन्ने,
प्यास लागे पानी दिने छैन हात अचेल ।
हराभरा थियो संसार आज उजाड भयो,
काँडा मात्र हैन यहाँ विज्छ पात अचेल ।
पहाड पनि थाम्नु पर्ने मर्द हो नि म त,
लिलाम गरे नामर्द भै मैले जात अचेल ।
जून हराएको बस्तिझै बन्यो जिन्दगानी,
त्यसैले हो कि बैरागी यी प्रभात अचेल ।
१ नोभेम्बर २०१२
दोहा, कतार
निदरी’नि सुन्दैन है मनको बात अचेल ।
छाडि हिँडे दोबाटोमा साथी बन्छु भन्ने,
प्यास लागे पानी दिने छैन हात अचेल ।
हराभरा थियो संसार आज उजाड भयो,
काँडा मात्र हैन यहाँ विज्छ पात अचेल ।
पहाड पनि थाम्नु पर्ने मर्द हो नि म त,
लिलाम गरे नामर्द भै मैले जात अचेल ।
जून हराएको बस्तिझै बन्यो जिन्दगानी,
त्यसैले हो कि बैरागी यी प्रभात अचेल ।
१ नोभेम्बर २०१२
दोहा, कतार
0 comments