तीन मुक्तक

लाग्छ मलाई मेरो झुपडीको पाली राम्रो,
डाँडापाखा हरियाली पहेँलपुरे बाली राम्रो ।
नागबेली खोला पिउँदै सधै मस्त हाँस्ने,
धानको बाला झुल्ने खेतको आली राम्रो ।।१।।

टेकेर पराईका छातीमा कहाँको पूण्य कमाउँछौ,
पापको खेती गर्दै धाम धाएर मिथ्या रमाउँछौ ।
तिम्रै नादानीले जगतै ध्वस्त हुन लाग्यो अब,
मनको ढोका खेलेर सहि बाटो कै’ले समाउँछौ ।।२।।

कहाँ छोडे कुन्नि मैले मेरो आफ्नो मनलाई,
कहिलेसम्म पहरा दिउँ यै कैक्रिटको बनलाई ।
मै सोझोको पसिनाले हरियाली भो मरुभुमी,
मिथ्या भ्रमको खेती लगाई माया गरे धनलाई ।।३।।

0 comments

Post a Comment