तीन मुक्तक
मैले पनि यो जिन्दगी फूलाउनु छ अब,
हिमाल पहाड तराईतिर डुलाउनु छ अब ।
मेची काली सीमाभित्र दिगो शान्ति छर्दै,
सबै मनमा माटो मोह झुलाउनु छ अब ।।१।।
कोही बाँचेर मर्छन् कोही मरेर बाँच्छन्,
जित्न कै लागि स्वार्थमा झरेर बाँच्छन् ।
रंङ्ग मञ्च हो जिन्दगी यहाँ मान्छेहरु,
रित्ता आडम्वरी अभिनय गरेर बाँच्छन् ।।२।।
आशाको इन्धन हालेर आफ्नो सवारी चलाउँछु,
हेर्दै जाउ ऐ स्वार्थीमुटू तिम्रो नासो म गलाउँछु ।
छैन म किन्चित बिचलित तिम्रो जालमा पर्दा,
पूर्ण विश्वस्तछु म जिन्दगीमा खुशी फलाउँछु ।।३।।

0 comments