तीन मुक्तक
थकाई लाग्दा शीर अड्याउने काख पाए हुन्थ्यो,
काकाकुलझै प्यासी एक यै दिलमा धाए हुन्थ्यो ।
यो जिन्दगी पाती बनाई चढाउँथे उस्कै समिप,
हजार जूनी टिक्ने माया मै’सँग पो लाए हुन्थ्यो ।।१।।
रुपको सिंगार होईन यहाँ मनको सिंगार गर्न सिक,
चित्तलाई पो शुद्ध पारी यो धर्तिमा तिमी चर्न सिक ।
दुई दिनका पाहुना हौ त्यसैले त नब युगीन मान्छे,
पीडक बनि नदुखाउनु मल्हम बनि पीडा हर्न सिक ।।२।।
जिन्दगीमा कति रहर पाँसो बन्दो रै’छ,
मुटू पोल्ने पीडाब्यथा हाँसो बन्दो रै’छ ।
बनाउने भन्दापनि बिगार्नमै मस्त सबै,
अनावश्य कति कुरा चाँसो बन्दो रै’छ ।।३।।

0 comments