गजल
कस्तो हेला गर्छौ गन्धेझार होईन,
माया पाल्नु प्रिय तिरस्कार होईन ।
हिजो देख्ने नजर आज हेर्यौ भने,
म त उस्तै हुन्छु कुनै भार होईन ।
तिम्रै भक्त हुँ म र पो सधै झुक्छु,
तिम्रो अधि झुन्नु कुनै हार होईन ।
मुटू दुख्छ भन्छौ बोली सुन्दा पनि,
मेरो बोली तर खन्जर धार होईन ।
मायागर्दा बदला चोटै दिन्छौ भने,
एकै चोटमा मार्नु बारम्बार होईन ।।
२९ अगस्त २०१२
दोहा, कतार ।
माया पाल्नु प्रिय तिरस्कार होईन ।
हिजो देख्ने नजर आज हेर्यौ भने,
म त उस्तै हुन्छु कुनै भार होईन ।
तिम्रै भक्त हुँ म र पो सधै झुक्छु,
तिम्रो अधि झुन्नु कुनै हार होईन ।
मुटू दुख्छ भन्छौ बोली सुन्दा पनि,
मेरो बोली तर खन्जर धार होईन ।
मायागर्दा बदला चोटै दिन्छौ भने,
एकै चोटमा मार्नु बारम्बार होईन ।।
२९ अगस्त २०१२
दोहा, कतार ।

0 comments