तीन मुक्तक
आज मैले तीनै प्रहर छट्पटीमा काटे,
मनभित्र युद्ध चल्यो हजार पल्ट फाटे ।
रंङ्ग फेर्ने मान्छेसँग रहर साट्न पुगेँ,
सोच्छु मैले खोटीसँग किन रहर साटे ।।१।।
थाक्दिन म कहिल्यै पनि तिमी भेट्न धाउँदा,
जूनलाई हेरि मन बुझाउँछु तिम्रो याद आउँदा ।
समयले नासो छाड्यो नफर्किनेलाई कुर्नु पर्ने,
यस्तो मीठो उपहार मिल्छ यहाँ माया लाउँदा ।।२।।
बुद्धत्व डुल्ने बाटो मेरो,
शान्ति फूल्ने पाटो मेरो ।
कुसन्तानको करामतले,
रगत पिउँछ माटो मेरो ।।३।।

0 comments