गजल

हर बस्तुको घुमीघुमी काम आउँछ,
पेटले भोका रहे पो त माम आउँछ ।

जब जब रावण राजले माटो रुन्छ,
तब तब आँसु पुच्छन राम आउँछ ।

बिहानीको जाडो बोक्छ शीतलहरी,  
धरतीको जाडो निल्न घाम आउँछ ।

सत्कर्ममा पाईला राख्नु जिन्दगीमा,
तिम्ले हैन तिम्रो पछि धाम आउँछ ।

पाखुरीमै विश्वासगर्दा तिम्रै हातमा,
धन धान्यले भरि पूर्ण खाम आउँछ ।।

०६ अगस्त २०१२
दोहा, कतार ।

0 comments

Post a Comment