गजल

मेरै निम्ति तिमी धाएर आयौ,
सयौ हण्डर कष्ट पाएर आयौ ।

हिजोसम्म संसार उजाड देख्थे,
यो दिलमा बहार छाएर आयौ ।

झरेको फूल झैँ हेला पो थिएँ,
मलाई नै शीरमा लाएर आयौ ।

बस्तिभरि अचेल खबर भा छु,
तिम्लेनै गुन गान गाएर आयौ ।

कहाँ सक्छु तिम्लाई नकार्न म,
सँगै जिउने कसम खाएर आयौ ।।

०६ अगस्त २०१२
दोहा, कतार ।

0 comments

Post a Comment