गीत– यहाँ आफू फूल्दा
फूलको आँखा बोकि चर्नु धर्तीमाथि डुल्दा,
पराई मनमा बिज्नु हुन्न यहाँ आफू फूल्दा ।
फूल्ने बेला त्यहि फूल देउता पूज्ने पाती,
भूँईमा खस्दा किन हामी टेक्छौ फूल माथी ।
पशु बन्यौ मान्छे हामी आफ्नो कर्म भूल्दा,

खोली बन्ने घमण्डले हामी नाता तोड्छौ
जता फाईदा धेरै हुन्छ उतै नाता जोड्छौ ।
लोभि सपना देख्नु हुन्न हाम्रो नजर खुल्दा,

१ सेप्टेम्बर २०१२
दोहा, कतार ।

0 comments