तीन मुक्तक
जीवन कति स्वर्णिम छ सजाउन जान्नु पर्छ,
घामपानीकै जिन्दगी हो यो सत्य मान्नु पर्छ ।
सत्कर्ममा पाईला टेक्नु केही उद्यमगर्छु भन्दै,
परिश्रमले रहर भिजाई सपनालाई बान्नु पर्छ ।।१।।
सोच्दै हौलि रित्तो बन्दा गति छाडि फाटे,
नसम्झ भो सारा लुटि मेरो प्वाँखै काटे ।
दिँदै बाँच्न परोस् भन्छु मेरै भाग काटि,
नपर्नु है मख्खै पनि म सोझोलाई ढाँटे ।।२।।
आत्मा भन्दा नि पवित्र धाम कहाँ छ ?
पुण्य हो त्यो आफू मिटाईदिनु जहाँ छ ।
आँखा शुद्ध बनाई नियाल्नु सधै धरती,
त्यसैले त हारे पनि पो मज्जा यहाँ छ ।।३।।

0 comments