तीन मुक्तक

केटीहरु भाउ खोज्छन्,
केटाहरु दाउ खोज्छन् ।
यी दुईको मिलन पछि,
अनाथले बाउ खोज्छन् ।।१।।

यति ठूलो घमण्ड त गर्लान् सायदैले,
वाचागरि अर्कै बस्ति सर्लान् सायदैले ।
त्यै मोरीलाई सम्झि सम्झि रुन्छु म,
मायालुको खुशी सारा हर्लान् सायदैले ।।२।।

न त म दुख्छु न त म झुक्छु,
न त म लुक्छु न त म सुक्छु ।
हेर्दै जाउँ है ऐ जाली दुनियाँ,
एकदिन पक्कै शिखरमा पुग्छु ।।३।।

0 comments

Post a Comment