तीन मुक्तक

समयको माग पनि खै कस्तो कस्तो,
कुनैबेला हिरा मान्छे कुनैबेला सस्तो ।
नजर फरक पार्नुहुन्न उहि दृश्यलार्ई,
नलगाउनु माया पनि भमराले जस्तो ।।१।।

यात्रा न हो जिन्दगी हजार मुस्किल आउँछ जान्छ,
साहस बोकि पाईला टेके शिखरमा तिम्लाई लान्छ ।
फूलको आँखा हेर्ने मान्छे चोटमा पनि फूल्न सक्छ,
चोटलाई जित्न सके पो त सधै खुशी झुल्न सक्छ ।।२।।

कोमल मनलाई धरतीमा फूलकै धारले रेट्छ,
स्वार्थी मनमा बास बस्दा जीउने आशै मेट्छ ।
किन मान्छे पिरतीमा झेलको खेती धाउँछन्,
कुनचाँही लंका जित्नलाई झुटो माया लाउँछन् ।।३।।

0 comments

Post a Comment