गजल
हाम्रो नाता टुटेपछि चोखो माया छुटेपछि,
निर्धा सम्झि समयले मलाई सधै कुटेपछि ।
पागलसरि बनेकोछु हिजो आज म त यहाँ,
आँखाहुने अन्धोबन्दै खोईरो खन्न जुटेपछि ।
सारासमाज खनिएर मेरै गल्ति भन्न थाले,
मायालुले मेरो मान्छे बदनामीमा भुटेपछि ।
फूल्ने चाहा नभएको कहाँ हो र मेरो पनि,
ओईलिएर भूँईमा झरे रहर सारा लुटेपछि ।
१० जून २०१२
दोहा, कतार ।
निर्धा सम्झि समयले मलाई सधै कुटेपछि ।
पागलसरि बनेकोछु हिजो आज म त यहाँ,
आँखाहुने अन्धोबन्दै खोईरो खन्न जुटेपछि ।
सारासमाज खनिएर मेरै गल्ति भन्न थाले,
मायालुले मेरो मान्छे बदनामीमा भुटेपछि ।
फूल्ने चाहा नभएको कहाँ हो र मेरो पनि,
ओईलिएर भूँईमा झरे रहर सारा लुटेपछि ।
१० जून २०१२
दोहा, कतार ।

0 comments