गजल

चोखोमाया छरौ भन्थ्यौ
करारनामा गरौ भन्थ्यौ ।

तिमी मेरो तिम्रो म छु,
रावा सावा तरौ भन्थ्यौ ।

आरिसेछन् यो बस्तिमा,
अर्कै बस्ति सरौ भन्थ्यौ ।

एकै बारको जिन्दगीमा,
सारा खुशी भरौ भन्थ्यौ ।

यति छिट्टै भूल्यौ कसम,
सँगै बाँचौ, मरौ भन्थ्यौ ।।

०२ जूलाई २०१२
दोहा, कतार ।

0 comments

Post a Comment