तीन मुक्तक

एउटा साथी भन्दै थिए त्यो मोरीले बिहे गरी,
मलाई आशा देखाएर अर्कै हातले सिउँदो भरी ।
फेसन भा’को हो’कि हिजो आज माया पिरती,
एउटा खुशी अर्को दुःखी कस्तो चलन कठैबरी ।।१।।

फुर्सदैमा ईश्वरले तिम्रो सृष्टि गरे,
फूलको मात्रै सधै त्यता दृष्टि परे ।
तिम्रो ओठमा फूलोस् सधै खुशी,
उमंग बचाउन जीतकै बृष्टि झरे ।।२।।

धरतीको धूलो न हुँ कुल्चिएर जाँदा हुन्छ,
मायागर्ने बहानामा खुशी पनि लाँदा हुन्छ ।
चाहा छैन फूल्छु भन्ने मुटू छैन दुख्दिन म,
त्यसैले त सपनाहरु धून बनेर खाँदा हुन्छ ।।३।।

0 comments

Post a Comment