गजल

समयले भोगाईसँग केहि लिएर गयो,
गर्नुसम्मै ग¥यो हेर खुशी पिएर गयो ।

तिम्लेगर्ने मायाभरि स्वार्थ रैछ र पो,
मौलिदै जानुपर्नेमा झन खिएर गयो ।

यतिसम्म गिर्छ कोही देखेँ भोगँे र त,
चिने मैले मान्छेहरु ज्ञान दिएर गयो ।

त्यहि ज्ञान मेरोलागि ठुलै जित भयो,
धुजाधुजा रहरहरु मनले सिएर गयो ।।

२६ जून २०१२
दोहा, कतार ।

0 comments

Post a Comment