तीन तान्काहरु

कुहिरो ओढी
स्वर्णिम मेरो बस्ति
मुसुक्क हाँस्दै
पुष माघ पछार्न
हतारो गर्दै होला ।।१।।

हिलाम्य आँखा
आकाश छुने चाह
दोधारे मन
थकित यी पाईला
सपना पुरा होला ? ।।२।।

मन चरीले
सधै उँभो नै ताक्छ
विवश म चैँ
आफ्नै दुर्गतीमाथि
हाँसेर बाँच्न खोज्छु ।।३।।

0 comments

Post a Comment