तीन मुक्तक
विधाताको खेल होईन आँसु झर्नु जिन्दगीमा,
आफ्नै मनको उपहार ब्यथा सर्नु जिन्दगीमा ।
मनलाई लगाम लगाई चर्नुपर्छ यो धरतीमा,
कर्तव्य नै भूली हुन्न जिउँदै मर्नु जिन्दगीमा ।।१।।
झूटको खेती लगाएर कालो ढाक्नेहरु,
बेमौषमी तुलफूल झै काँचो पाक्नेहरु ।
यो धर्तीको बोझै मात्र कहलिन्छन् है,
कर्मगर्न छाडेर फगत जिवन थाक्नेहरु ।।२।।
तिम्रो मेरो सम्बन्ध यो खास बन्न थाल्यो,
तिमी आयौ खुशीयाली रास बन्न थाल्यो ।
उजाड भा’थ्यो मेरो संसार पापी नजरपर्दा,
बहार ल्यायौ फेरि फूल्ने आश बन्न थाल्यो ।।३।।
आफ्नै मनको उपहार ब्यथा सर्नु जिन्दगीमा ।
मनलाई लगाम लगाई चर्नुपर्छ यो धरतीमा,
कर्तव्य नै भूली हुन्न जिउँदै मर्नु जिन्दगीमा ।।१।।
झूटको खेती लगाएर कालो ढाक्नेहरु,
बेमौषमी तुलफूल झै काँचो पाक्नेहरु ।
यो धर्तीको बोझै मात्र कहलिन्छन् है,
कर्मगर्न छाडेर फगत जिवन थाक्नेहरु ।।२।।
तिम्रो मेरो सम्बन्ध यो खास बन्न थाल्यो,
तिमी आयौ खुशीयाली रास बन्न थाल्यो ।
उजाड भा’थ्यो मेरो संसार पापी नजरपर्दा,
बहार ल्यायौ फेरि फूल्ने आश बन्न थाल्यो ।।३।।
0 comments