गजल
नआउ यता पस्न खाली भा’छु अचेल,
ध्वनी रहित म त ताली भा’छु अचेल ।
तिम्लाई पुग्ने बहार छैन मेरो साथमा,
पातबिनाको नांगो डाली भा’छु अचेल ।
सोच्दै नसोच तिम्ले ओतिन्छु म भन्ने,
जूनकै पाईलाछिर्ने पाली भा’छु अचेल ।
दृष्य भ्रम हो तिम्रो मलाई सफा देख्नु,
फोहोर मैला जाने नाली भा’छु अचेल ।
मेरै छाती माथि कुल्चिएर जाउँ तिमी,
सारा यात्री हिड्ने आली भा’छु अचेल ।।
२५ जूलाई २०१२
दोहा, कतार ।
ध्वनी रहित म त ताली भा’छु अचेल ।
तिम्लाई पुग्ने बहार छैन मेरो साथमा,
पातबिनाको नांगो डाली भा’छु अचेल ।
सोच्दै नसोच तिम्ले ओतिन्छु म भन्ने,
जूनकै पाईलाछिर्ने पाली भा’छु अचेल ।
दृष्य भ्रम हो तिम्रो मलाई सफा देख्नु,
फोहोर मैला जाने नाली भा’छु अचेल ।
मेरै छाती माथि कुल्चिएर जाउँ तिमी,
सारा यात्री हिड्ने आली भा’छु अचेल ।।
२५ जूलाई २०१२
दोहा, कतार ।

0 comments