तीन मुक्तक
दुई दिनको जिन्दगीमा घमण्डले फूल्नेहरु,
मायागर्ने बहानामा स्वार्थ बोकि झुल्नेहरु ।
नर्कवास हुन्छ पक्कै मरण पश्चात तिम्रो,
होस् गरहै दोबाटोमा कसमलाई भुल्नेहरु ।।१।।
तिम्रैलागि मरि मेट्ने मनलाई जलाएर,
सपनाको महल ठड्याई खुशी गलाएर ।
रीत्तै जाने जिन्दगीमा के नै मिल्छ हेर,
विश्वासीको नयन भरि आँसु फलाएर ।।२।।
कुरा काट्छन् साथीभाई हाम्रै माया चाँसो भयो,
तिम्रो मेरो सम्वन्ध त्यो दुनियाँको हाँसो भयो ।
अन्जानैमा भूल गरेछु तिमीमाथि विश्वास गर्नु,
तिमीनै हौ जिवन ठाने त्यही ठहर पाँसो भयो ।।३।।

0 comments