गजल

जो थिएनन् मेरा त्यही मागि रोएँ,
आउ बचाउ भन्दै पछि लागि रोएँ ।

आशा’थ्यो उस्ले नयाँ जिवन दे’ला,
उही भन्दा संसार सबै त्यागि रोएँ ।

मुस्कान बसाई गो आशा भत्किदा,
निन्द्राबाट ब्युँझेर कति जागि रोएँ ।

उ बिना यो यात्रा कठिन छ नाप्न,
एक्लै पर्दा अचेल आफै भागि रोएँ ।।

१५ मार्च २०१२
दोहा, कतार ।

0 comments

Post a Comment