गजल

मुटूभरि डाहा बोकि जिन्दगीले झुल्नु हुन्न,
प्यासी नजर डुलाउँदै कतै पनि डुल्नु हुन्न ।

तेरो मेरो पाखा पारी सबै मिली नाच्नुपर्छ,
आफू हाँस्न पराईको खुशीलुटि फूल्नु हुन्न ।

रगत रातो भएपछि कहाँ ठुलो सानो हुन्छ,
रुढीबादी कुसंस्कार यो बस्तिमा हुल्नु हुन्न ।

मोती खोज्ने मृग तृष्णा पाले पनि मनैभरि,
छाड्नैपर्छ यो संसार यहि सत्य भूल्नु हुन्न ।।

१६ अप्रिल २०१२
दोहा, कतार ।

0 comments

Post a Comment