तीन मुक्तक

पागल सरि बनेको’थे पिरतीले रेटेपछि,
हराएको खुशी आयो तिम्लाई भेटेपछि ।
लडे पनि उठ्न सक्नु पर्दो रै’छ हाम्ले,
सहज भो जिन्दगी निर्मोहीलाई मेटेपछि ।।१।।

एकै झूल्को देख्दा पनि यो मुटूमा खुशी फल्छ,
तिम्रो दर्शन नमिल्दा पो मेरो छाती सधै जल्छ ।
भाग्य लेख्ने भावी पनि कतिसम्म जाली हो खै,
हामी बिचमै पर्दा हाली सधै किन आँखा छल्छ ।।२।।



माया किन्न मिल्दो हो त तिम्रै माया किन्थे म त,
तिम्ले मागे यो जिन्दगी तिम्रो हातमा दिन्थे म त ।
कल्पना झै स्वर्णिम भोगाई हुँदो हो त जिन्दगी यो,
तिम्रो लागि यो धरतीमा लाखौ जन्म लिन्थे म त ।।३।।

0 comments

Post a Comment