गजल
मिल्दो रै’छ खुशी हजार अचेल पिरतीमा,
खिल्दो रै‘छ अदृष्य घाउ अचेल पिरतीमा ।
संसार जित्छु भन्नेहरु भूमीगत हुन थाले,
बिल्दो रै’छ मनको रहर अचेल पिरतीमा ।
जान्नेसुन्ने भन्नेगर्थे भर हुन्न अल्लारेको,
छिल्दो रै’छ विश्वासहरु अचेल पिरतीमा ।
वाचाहरु फेर्न मिल्ने जमाना कस्तो भयो,
निल्दो रै’छ इमानलाईनै अचेल पिरतीमा ।
जता ततै त्राहि त्राहि चर्चा छ यस्कैमात्र,
हिल्दो रै’छ सारा संसार अचेल पिरतीमा ।।
१० मे २०१२
दोहा, कतार ।
खिल्दो रै‘छ अदृष्य घाउ अचेल पिरतीमा ।
संसार जित्छु भन्नेहरु भूमीगत हुन थाले,
बिल्दो रै’छ मनको रहर अचेल पिरतीमा ।
जान्नेसुन्ने भन्नेगर्थे भर हुन्न अल्लारेको,
छिल्दो रै’छ विश्वासहरु अचेल पिरतीमा ।
वाचाहरु फेर्न मिल्ने जमाना कस्तो भयो,
निल्दो रै’छ इमानलाईनै अचेल पिरतीमा ।
जता ततै त्राहि त्राहि चर्चा छ यस्कैमात्र,
हिल्दो रै’छ सारा संसार अचेल पिरतीमा ।।
१० मे २०१२
दोहा, कतार ।
0 comments