तीन मुक्तक
मनकि धनी कोही भए आउ पूजा गर्छु म त,
झोलीतुम्बि बोकेर’नै दिलको डेरा सर्छु म त ।
सधै चोखो माया दिन्छु जूनीजूनी साथ दिन्छु,
आफ्नो बरु खाली पारी खुशी उतै भर्छु म त ।।१।।
बहार बनेर आयौ खडेरी पारेर नजाउ,
दियो बनेर आयौ अधेरी झारेर नजाउ ।
नथाक्ने मान्छेलेनै जित्छ अन्तिम युद्ध,
जित्छु म पनि यहाँ माया मारेर नजाउ ।।२।।
कति रहर थाँती बस्छन् यहि जिन्दगीमा,
आँधी तुफानहरु खस्छन् यहि जिन्दगीमा ।
चुनौतीमा नझुक्ने चै पुग्छन् गन्तव्यमा,
झुक्ने मान्छेहरु फस्छन् यहि जिन्दगीमा ।।३।।

0 comments