तीन मुक्तक

जिउने बहानामा आज अलिकति पिए मैले,
किन दुख्यौ भन्न थाले दुख्ने मुटू सिए मैले ।
रिक्तिएको मान्छेसँग खै के पो देख्छ कुन्नि,
देउ भन्न धेरै आए जिउँदो लाश दिए मैले ।।१।।

जस्ले मेरो गला रेट्यो उस्लाई आफ्नो माने,
यै दिल गोड्ने माली रैछिन् मैले पराई ठाने ।
बिना स्वार्थ माया दिने कमै मिल्छ धरतीमा,
विश्वासमाथि घात भयो अनि पो मैले जाने ।।२।।
लेख्दिन म आँसु कथा यस्ले मुटू जल्दो रै’छ,
आँसु पिउँदै यात्रागर्दा अभावमात्र फल्दो रै’छ ।
गला रेट्ने निष्ठुरीको सम्झनालाई पाखा पार्दै,
हाँसी हाँसी यात्रा गर्दा सारा दशा टल्दो रै’छ ।।२।।

0 comments

Post a Comment