तीन मुक्तक
तिम्लाई भूल्छु भन्दै नशा पिउँन थाले,
पिउँदा पिउँदै म त अति खिउँन थाले ।
यो कस्तो बाध्यता हो मेरो जिन्दगीको,
तिमीमात्र मेरी भन्दै फेरि जिउँन थाले ।।१।।
हिजो मीठो लाग्ने बोली आज बिजाउँने भो,
चोखोमाया गर्दा भन्छौ सपना भिजाउँने भो ।
धनको धनी होईन म त मनको धनी छु म,
सोच्यौ झुपडीमा सरे धनीले खिज्याउँने भो ।।२।।
किन सोच्छौ खुशी किन्न धनले मात्र सक्छ,
यदि सक्ने भए देखि किन यहाँ रगत बग्छ ?
धनसँग होईन यहाँ मनसँग हो नाता जोड,
मनसँग नाता जोडे जूनीभरि साईनो खप्छ ।।३।।
पिउँदा पिउँदै म त अति खिउँन थाले ।
यो कस्तो बाध्यता हो मेरो जिन्दगीको,
तिमीमात्र मेरी भन्दै फेरि जिउँन थाले ।।१।।
हिजो मीठो लाग्ने बोली आज बिजाउँने भो,
चोखोमाया गर्दा भन्छौ सपना भिजाउँने भो ।
धनको धनी होईन म त मनको धनी छु म,
सोच्यौ झुपडीमा सरे धनीले खिज्याउँने भो ।।२।।
किन सोच्छौ खुशी किन्न धनले मात्र सक्छ,
यदि सक्ने भए देखि किन यहाँ रगत बग्छ ?
धनसँग होईन यहाँ मनसँग हो नाता जोड,
मनसँग नाता जोडे जूनीभरि साईनो खप्छ ।।३।।
0 comments