गजल
सिमित हुन्छ खुशीहरु हाँस्न पनि डरै लाग्छ,
मनैदेखि चोखो नाता गाँस्न पनि डरै लाग्छ ।
आफ्नो पराई ठम्याउने चर्मचक्क्षु दिव्य छैन,
ढुक्कैसँग पराई भनि छाँस्न पनि डरै लाग्छ ।
आफैमात्र जान्ने सुन्ने ठान्छ मान्छे धरतीमा,
को कति पानीमा छ झाँस्न पनि डरै लाग्छ ।
केही राम्रो गरुँ सोच्छु लुटेराको गस्ति देख्छु,
हितोपदेश छातीमाथि टाँस्न पनि डरै लाग्छ ।।
२७ मे २०१२
दोहा, कतार ।

0 comments