गजल

मेरो दिलमा एउटा माली डुलेको छ अचेल,
बहार बिना पनि यो मन फूलेको छ अचेल ।

लाग्थ्यो मलाई जिन्दगीमा हाँस्ने बेला गयो,
सत्य होला फेरि मुस्कान खुलेको छ अचेल ।

हरेक मोडमा हार्नुपर्दा नौ–नारी’थ्यो थकित,
जित्ने सपना नौ–नारीमै झूलेको छ अचेल ।

पराई मान्छे आफ्नो माने सपना दुख्यो धेरै,
आफन्ति भै न्यायो माया हुलेको छ अचेल ।

कलियुगका मान्छे सारा स्वार्थी हुन्छ भन्थे,
त्यस्तो शंका यो भानु’ले भुलेको छ अचेल ।।

०१ जूलाई २०१२
दोहा, कतार ।

0 comments

Post a Comment