तीन तान्काहरु

मान्छेहरु त
रहरका भरिया
यात्राहरुमा
सपना खेप्दा खेप्दै
सुटुक्क अस्ताउँछ ।।१।।

आशाका तोक्मा
टेकुवा लगाउँदै
सपना खेपे
त्यसैले यो जिन्दगी
चोट लाग्दा दुखेन ।।२।।



छेपारे रंग
अचेलको पिरती
होमिनु हुन्न
बहारिलो मनले
बस्ति सिंगार्नु पर्छ ।।३।।

0 comments

Post a Comment