तीन मुक्तक

केस्रा केस्रामा तिमी जिन्दगी केलाई हेर,
मक्किएका सारा सपना तिमी छिट्टै फेर ।
भलो आत्मा बोकेर दुनियाँ चाहार्न सके,
धरतीमाथिको योगदान जान्न त्यसै खेर ।।१।।

यहाँ कति मान्छेहरु झूटको खेती गर्छन्,
लोभी बन्ने कति मान्छे अकालमै मर्छन् ।
आफ्नो बंश आफैविनास गर्न थाले यहाँ,
आफू हाँस्न पराईको मुस्कानलाई हर्छन् ।।२।।

मर्दा लानु के छ र तिमी झूटको खेती गर्छौ,
सद्धभावनै फ्याँकि किन आँखाभरि डाहा भर्छौ ।
मनको मैलो हटाउ आजै मान्छे बन्ने भए त,
होईन भने न्याली मारी पछुतोमा पक्कै पर्छौ ।।३।।

0 comments

Post a Comment