गजल

नियतीले गर्नु सम्मै गर्‍यो यसपाली,
खुशीहरु अन्त कतै सर्‍यो यसपाली ।

धेरै पछि आशाहरु मुस्कुराउँदै गर्दा,
असिनाले त्यतिखेरै झर्‍यो यसपाली ।

लहलह झुल्दै थियो खेती पिरतीको,
खडेरीको पालुवाझै मर्‍यो यसपाली ।

बन्दाबन्दै भत्केपछि मुटू दुख्दो रै’छ,
समयले हाम्रो नाता हर्‍यो यसपाली ।

आफैसँग जोरी खोज्छ रहरहरु पनि,
भानुमाथि बज्र ठुलै पर्‍यो यसपाली ।।

१६ अप्रिल २०१२
दोहा, कतार ।

0 comments

Post a Comment