तीन तान्काहरु

मेरो मनको
रस्ति बस्तिहरुमा
शासन गर्ने
तिम्रो दासत्व स्विकार्छु
राज्य छाडि नजाउ ।।१।।

तिम्रो ओठमा
गुराँसे मुस्कानको
साम्राज्य रहोस्
जन्म दिनको लागि
यहि शुभकामना ।।२।।

मेरो आस्थामा,
धमिरा लगाउने
ऐ जाली मान्छे
जिवन संघर्षमा
म कहिल्यै थाक्दिन ।।३।।

0 comments

Post a Comment