गजल

विश्वासमाथि धोका हुँदा चोखो पिरतीमा,
श्रावण भदौ भा’छ मेरो मनको बलेसीमा ।

जूनी जूनी हजार जूनी हजुरकै हो भन्थि,
बिचमै छाडिन् मोतीहरु झ¥यो परेलीमा ।

कस्तो जलन होला यस्तो कुटु–कुटू खाने,
यस्को निदान छैन भन्छन् कुनै औषधीमा ।

आफैसँग जोरी खोज्छ आफ्नै मनले त्यसै,
किन गर्छौ तिम्ले भन्छ यहाँ जिवन वीमा ।

दिलको डेरा सार्दा सार्दै थाकि सके म त,
शिखरपुग्छु भन्ने आशा म¥यो जिन्दगीमा ।।

०७ मार्च २०१२
दोहा, कतार ।

0 comments

Post a Comment