तीन मुक्तक

मैले पूज्ने ऐ मेरी मनकी रानी,
दुनिया नियाल्ने आँखाकी नानी ।
यो शुभ घडीमा शुभकामना छ,
सधै हाँसी बाँच्नु है जिन्दगानी ।।१।।

तिम्रो भेटले ल्याउँछ यता मधुमास,
मेरो भेट तिमीलाई लाग्छ बकबास ।
यति धेरै बेमेल बिच पनि खै किन,
तिमी मेरी हौ भन्ने लाग्छ आभास ।।२।।

तिमी बिना रहन्छ यो यात्रा अधुरो,
घमाईलो दिन पनि पो हुन्छ मधुरो ।
तिम्रै यादमा बेहोस भै ढल्छु होला,
तिमी बाहेक अन्त रमाउँन्न बबुरो ।।३।।

0 comments

Post a Comment