गजल
कस्ले भन्छ नियतीले मलाई छलेको छ,
यो गरिबको झुपडीमा चुल्हो जलेको छ ।
आशा बोकि पीडा फाले केहि गर्छु भन्दै,
अनि पो त अभावजति आफै गलेको छ ।
कति झर्थे मोती दाना तिम्रै सम्झनामा,
तिम्लेजस्तै भूल्न सिके खुशी फलेको छ ।
सोच्थे मैले शिखर पुग्न तिमी न’भै हुन्न,
तिमी बिना जिन्दगीको गाडी चलेको छ ।
दोबाटोमा अल्मलिदाँ मनकी धनी मिल्यो,
सबै स्वार्थी हुन्छन् भन्ने शंका ढलेको छ ।।
११ जून २०१२
दोहा, कतार ।
यो गरिबको झुपडीमा चुल्हो जलेको छ ।
आशा बोकि पीडा फाले केहि गर्छु भन्दै,
अनि पो त अभावजति आफै गलेको छ ।
कति झर्थे मोती दाना तिम्रै सम्झनामा,
तिम्लेजस्तै भूल्न सिके खुशी फलेको छ ।
सोच्थे मैले शिखर पुग्न तिमी न’भै हुन्न,
तिमी बिना जिन्दगीको गाडी चलेको छ ।
दोबाटोमा अल्मलिदाँ मनकी धनी मिल्यो,
सबै स्वार्थी हुन्छन् भन्ने शंका ढलेको छ ।।
११ जून २०१२
दोहा, कतार ।
0 comments