केही हाईकु

निलकाँडा म
माली मनमा बिज्दा
पछुतो लाग्यो ।।१।।

फेरिन्छ मन
यी गोरेटो फेरिन्न
अनि पो दुख्छ ।।२।।

जिन्दगी जित्न
अक्करे भिरमा पनि
फूलेर हेर्नु ।।३।।

एकै बोटमा
सयौ थरिका फूल
फूलेकै राम्रो ।।४।।

माली भमरा
खुट्याउन सक्नेकै
फूल्छ जिन्दगी ।।५।।

0 comments

Post a Comment